Loading...
Logo
Image

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ मा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको प्रतिवेदन पेस गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीति दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको बताए ।  थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता शेखरले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए । 

त्यसैगरि उनले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार प्रयोग नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति पनि आपत्ति जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले घोषित र केहीले विभिन्न कारण देखाएर मतदानमा भाग नगरेकोमा आपत्ति जनाउदै उनले भने,'आम नागरिकले चाहिँ उहाँहरुलाई भोट हालेर जिताइदिनुपर्ने अनि जनप्रनिनिधि भएपछि अरुलाई भोट हाल्न नजाने ? आफू निर्वाचित हुनु अर्काको मत खोज्नेले आफू चाहिँ मतदानमा सहभागी नहुने कुरा गलत हो ।'

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

Comments