- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन 'चोकोफन बिगफन'लाई अब नयाँ प्याकमा बजारमा ल्याएको छ ।
चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर चार तहहरू हुन्छन् र त्यसमाथि भेनिल्ला स्ट्रिप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्दछ ।
आकर्षक चम्किलो रातो रङ र सुनौलो रङमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षित छ । जसले अहिलेको उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्दछ । चम्किलो रातो रङ र सुनौलो रङले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाएको छ । त्यस्तै, बिगफनको लोगोलाई अझ बढी प्रस्ट र आकर्षक रूपमा देखाइएको छ भने भेनिल्ला स्ट्रिप्ससहितको वेफर पनि आकर्षक ढङ्गमा देखाइएको छ, जुन हेर्दा जोकोहीलाई पनि खाऊँखाऊँ लाग्छ । चोकोफन बिगफन १५ ग्रामको मात्र १० रुपैयाँमा जार र प्याकेटमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
चोकोफन विगफनको नयाँ प्याकको बजार प्रवर्द्धनको अभियान 'ह्याप्पी न्यु प्याक टु यु' भन्ने नाराका साथ सुरु गरिएको छ । यस प्रवर्द्धन अभियानलाई मुख्यत: डिजिटल माध्यम तथा सोसल मेडियाबाट गरिएको छ ।

Comments