Loading...
Logo
Image

सुजल फुड्सको 'चोकोफन बिगफन' अब नयाँ प्याकमा

सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन 'चोकोफन बिगफन'लाई अब नयाँ प्याकमा बजारमा ल्याएको छ । 

चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर चार तहहरू हुन्छन् र त्यसमाथि भेनिल्ला स्ट्रिप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्दछ ।

आकर्षक चम्किलो रातो रङ र सुनौलो रङमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षित छ । जसले अहिलेको उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्दछ । चम्किलो रातो रङ र सुनौलो रङले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाएको छ । त्यस्तै, बिगफनको लोगोलाई अझ बढी प्रस्ट र आकर्षक रूपमा देखाइएको छ भने भेनिल्ला स्ट्रिप्ससहितको वेफर पनि आकर्षक ढङ्गमा देखाइएको छ, जुन हेर्दा जोकोहीलाई पनि खाऊँखाऊँ लाग्छ । चोकोफन बिगफन १५ ग्रामको मात्र १० रुपैयाँमा जार र प्याकेटमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

चोकोफन विगफनको नयाँ प्याकको बजार प्रवर्द्धनको अभियान 'ह्याप्पी न्यु प्याक टु यु' भन्ने नाराका साथ सुरु गरिएको  छ ।  यस  प्रवर्द्धन अभियानलाई मुख्यत: डिजिटल माध्यम तथा सोसल मेडियाबाट गरिएको छ ।

Comments