Loading...
Logo
Image

प्रधानमन्त्रीले शहीदहरूको अवमूल्यन हुने काम गरेको शेखर कोइरालाको आरोप

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लगाएका छन् ।

समुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताउदै नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नुभयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’ 

नेता कोइरालाले भने, ‘शहीद दिवसका दिन हामीलेे शहीदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ ।  शहीदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदै अपमान हुने बुझेको छु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए । 

Comments