- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लगाएका छन् ।
समुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।
प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताउदै नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नुभयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’
नेता कोइरालाले भने, ‘शहीद दिवसका दिन हामीलेे शहीदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ । शहीदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदै अपमान हुने बुझेको छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए ।

Comments