- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।
राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको हो। पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी फेब्रुअरी ८ मा हुन लागेको चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् ।
अलजजिरा च्यानलका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।
यस अगाडि गत डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोगले खानको दल पीटीआईलाई उनको लोकप्रिय चुनाव चिह्न ‘क्रिकेट ब्याट’ नदिने निर्णय गरेको थियो । पाकिस्तानको राष्ट्रिय क्रिकेटका पूर्वक्याप्टेन खान र उनको पार्टीलाई चिनाउने चुनाव चिह्न निर्वाचन आयोगले दिन अस्वीकार गरेको थियो ।
अलजजिराका अनुसार खानको दल पीटीआईले आफ्नो दलको आन्तरिक चुनाव नगरेको भन्दै चुनाव चिह्न दिन निषेध गरेको हो । खानको दलले भने सन् २०२२ जुन ८ मा चुनाव गरेको थियो ।
सन् २०१८ अगस्ट १८ मा प्रधानमन्त्री भएका खान सन् २०२२ अप्रिल १० मा सत्ताबाट बाहिरिएका थिए । संसदमा विश्वासको मत नपाएर उनी बाहिरिएका हुन् । अहिले पाकिस्तानमा कामचलाउ सरकार रहेको छ । कामचलाउ सरकार आएपछि खानलाई विभिन्न मुद्दामा थुनामा राखिँदै आएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments