# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा उच्च दरले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ७.८७ प्रतिशत पुगेको हो ।
गत वर्षको यसै अवधिमा यस्तो निष्क्रिय कर्जा ४.९६ प्रतिशत मात्रै थियो । कम्पनीले कुल १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खुद नाफा भने संकुचन भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा अहिले ६ करोड ४३ लाखमा खुम्चिएको छ । कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीले ५ करोड २ लाख रुपैयाँ लोनलस प्रोभिजन गरेको छ । कुल निष्क्रिय कर्जामा लोनलस प्रोभिजन जम्मा ३६ प्रतिशत हो ।

Comments