- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले रुसी दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।
दूतावासमा ज्ञापनपत्र बुझाउन सबै जनालाई जान नदिएको भन्दै उनीहरूले बालुवाटारस्थित दूतावासअगाडि सडकमा धर्ना सुरु गरेका हुन् । उनीहरूले रुसी सेनामा नेपालीलाई भर्ना गर्न रोकिनुपर्ने, युद्धमा मारिएका नेपालीहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्ने, युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याइनुपर्नेलगायतका माग राखेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना बन्द गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
बालुवाटारमा रहेको रुसी दूतावास नजिकै निषेधित क्षेत्रको छेउमा भेला भएका उनीहरु भित्र छिर्न खोजेका थिए ।

Comments