Loading...
Logo
Image

कांग्रेस नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र महाअभियान घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ ।

संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।

नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले हिन्दुराष्ट्र स्थापना महाअभियानको घोषणा गरेको कांग्रेस नेता लोकेश ढकालले जानकारी दिए ।

संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।

उनले भने- ‘हिजो मलाई बैठकले संयोजक तोकेको छ । कमिटी तोक्न बाँकी छ । संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाको सहभागिता, सल्लाह र सुझावको आधारमा मलाई संयोजक तोकिएको हो । कार्यसमिति बनाउन बाँकी छ । कांग्रेस सांसद समेत रहेका भण्डारीले पार्टीभित्र पनि हिन्दू राष्ट्रको पक्षमा मुद्दा उठाउँदै आइरहेका छन् ।’

उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित थिए ।

Comments