- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ ।
संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।
नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले हिन्दुराष्ट्र स्थापना महाअभियानको घोषणा गरेको कांग्रेस नेता लोकेश ढकालले जानकारी दिए ।
संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।
उनले भने- ‘हिजो मलाई बैठकले संयोजक तोकेको छ । कमिटी तोक्न बाँकी छ । संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाको सहभागिता, सल्लाह र सुझावको आधारमा मलाई संयोजक तोकिएको हो । कार्यसमिति बनाउन बाँकी छ । कांग्रेस सांसद समेत रहेका भण्डारीले पार्टीभित्र पनि हिन्दू राष्ट्रको पक्षमा मुद्दा उठाउँदै आइरहेका छन् ।’
उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित थिए ।

Comments