Loading...
Logo
Image

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक समसामयिक विषयमा केन्द्रित हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरेपछि गठबन्धनमा कुरा मिल्न सकेको छैन ।

आगामी २० फागुनबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदै छ । सहमतिमा राष्ट्रियसभाको अध्यक्ष टुंगो लगाउने बताएका दलहरूलाई सहमति जुटाउन भने सहज छैन । 

त्यस्तै, संसदको हिउँदै अधिवेशन २२ माघबाट सुरु भएकाले जारी अधिवेशनमा कानुन निर्माण गर्ने विषयमा पनि गठबन्धनबिच छलफल हुनेछ 

 

Comments