# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक समसामयिक विषयमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
राष्ट्रियसभाको अध्यक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरेपछि गठबन्धनमा कुरा मिल्न सकेको छैन ।
आगामी २० फागुनबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदै छ । सहमतिमा राष्ट्रियसभाको अध्यक्ष टुंगो लगाउने बताएका दलहरूलाई सहमति जुटाउन भने सहज छैन ।
त्यस्तै, संसदको हिउँदै अधिवेशन २२ माघबाट सुरु भएकाले जारी अधिवेशनमा कानुन निर्माण गर्ने विषयमा पनि गठबन्धनबिच छलफल हुनेछ
Featured News

Comments