- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।
यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै सिट जितेको छ । पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी (पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ ।
पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो । स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ ।
सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् । शरीफको पार्टी पीएमएल-एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो । नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए ।
यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए ।
शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् । यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments