Loading...
Logo
Image

आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस गरिने छ भने सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

Comments