# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । माओवादी केन्द्र काेशी प्रदेश समितिका काेषाध्यक्ष उनलाई सजाय निर्धारणका लागि ६ फागुनमा पेसी तोकिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
देवकुमारी पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा सम्पत्ति जफतको फैसला भएको छ।
गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको छ।
दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।
Featured News

Comments