- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन्। आचार्य केही महिना अघि मात्र सरुवा भएर काठमाडौं जिल्ला अदालत आएका थिए। तर अनुसन्धानका लागि पक्राउ परेका चौधरीलाई समय सीमा तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए।
असामान्य आदेश दिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतले न्यायाधीश आचार्यको आलोचना गरेका थिए। बाँसबारी जग्गा पक्राउ परेको ६ दिनमै चौधरीसहित तीन जना छुटेका थिए।
सामान्यतया प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने भए पनि चौधरीसहित तीन जनालाई अनावश्यक रूपमा हिरासतमा राख्न नहुने ठहर गर्दै आचार्यले समय तोकेर छाड्न आदेश गरेका थिए।

Comments