- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकटको समूहले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई दुर्व्यवहार गरेको छ ।
लाइसेन्स घोटालामा संलग्न भएको भन्दै उक्त समूहले रिजाललाई कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । कार्यकक्षमै कालोमोसो दलिएको सूचना आएको प्रहरीले जानकारी दिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले महानिर्देशक रिजाललाई कालोमोसो दलेको हो । फेसबुकमा एक भिडियो अपलोड गर्दै संगठनले नक्कली लाइसेन्स छानबिनको प्रतिवेदन सार्वजनिक नगरेकाले रिजाललाई कालोमोसो दलिएको जनाएको छ ।
त्यस्तै यातायात विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स बाड्ने प्रक्रियामा संलग्न रहेको, गलत तरिकाले चलखेल गरेको तथा नक्कली लाइसेन्स वितरण गर्ने कर्मचारीलाई पनि कारबाहीमा ल्याउन नसकेको आरोप रिजालमाथि संगठनले लगाएको छ ।

Comments