- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । १ फागुनको सार्वजनिक बिदाबारे आम मानिसमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।
सरकारले १ फागुनमा 'जनयुद्ध दिवस'को सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ सोमबार गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments