Loading...
Logo
Image

विराटनगरमा शंकास्पद वस्तु फेला, २ जना पक्राउ

विराटनगर नगरपालिका वडा नम्बर ३ घरेलु तथा साना उद्योग कार्यालय छेउमा शंकस्पद बस्तु फेला परेको छ ।

शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

खाल्डो खनेर प्रेसर कुकर राखिएकाले शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । सो स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments