- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएकाे छ । विश्व सामाजिक मञ्चको १६औँ संस्करणको उक्त सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहने आयाेजककाे दाबी छ ।
विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो ।
सम्मेलनका क्रममा आज सम्मेलनस्थल भुकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (मार्चपास) भएको छ । पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा विश्वचर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा पनि सहभागी भएकी छन् ।
यस्तै भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर पनि सम्मेलनमा सहभागी भएकी छिन् ।

Comments