- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सन् २०२२ फेब्रुअरी २४ मा जब रुसले युक्रेनमा आक्रमण गर्यो, सोही वर्षको मार्चदेखि उसले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्यो । रुसलाई एक्ल्याउने अमेरिकासहित पश्चिमा राष्ट्रको चाहनाका कारण त्यसबेला रुसी ठूला कम्पनीहरू साथै रुसी धनाढ्यहरू प्रतिबन्धमा परे ।
यसो हुँदा रुसी ठूला कम्पनीहरूको मूल्य ९७ प्रतिशतसम्मले गिरावट भयो, रुसी मुद्रा रुबलको मूल्यमा पनि ठूलो गिरावट देखियो । प्रतिबन्धका कारण विदेशमा रहेका रुसी सम्पत्ति अहिलेसम्म रोक्का गरिएका छन्, ती सम्पत्ति युक्रेनलाई हस्तान्तरण गर्नुपर्छ भनेर अमेरिकामा बहस नै हुन थालेको छ ।
यसरी चर्को आर्थिक प्रतिबन्ध झेलेपछि रुस आर्थिक रूपमा कमजोर हुन्छ भन्ने विश्वास गरिएको थियो । तर, युद्धको झण्डै दुई वर्षपछि रुसी अर्थतन्त्रलाई विश्लेषण गर्दा यो देखिन्छ कि विश्वका शक्तिशाली अर्थतन्त्र भनिएका जी–७ देशहरूको भन्दा रुसी अर्थतन्त्र बलियो छ । रुस अहिले युरोपमा सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि यतिबेला रुसी अर्थव्यवस्थाको विकासदर १.१ प्रतिशतबाट बढाएर २.६ प्रतिशत पुर्याएको छ, जसले पनि रूसको आर्थिक वृद्धिदरलाई जोड दिएको छ । युद्ध सुरु भएपछि जब विदेशमा रहेको रुसी केन्द्रीय बैंक रिजर्भको ३०० अर्ब अमेरिकी डलर फ्रिज भयो, तब रुसी अर्थतन्त्र ज्यादै कमजोर भएको थियो, यद्यपि रुसको पछिल्लो तथ्यांक र राष्ट्रपति पुटिनका कथनहरूले रुस फेरि बलियो बन्दै गएको बुझ्न सकिन्छ ।
रुसले आफ्नो अर्थतन्त्र स्थिर भएसँगै यतिबेला सोभियत युगमा जस्तै आफ्नो बजेटको ४० प्रतिशत सेना र हतियारमा खर्च गरिहेको छ । वास्तवमा रुसी तेल र ग्यासमा पश्चिमा प्रतिबन्धका बाबजुद रुसले हाइड्रोकार्बन उत्पादनको बिक्रीबाट राजस्व आर्जन गर्न जारी राखेको छ । रुसी तेल ट्याङ्करहरू यतिबेला भारत र चीनतर्फ गइरहेका छन्, साथै भुक्तानी पनि अमेरिकी डलरको सट्टा चिनियाँ युआनमा हुने र यो क्रम बढ्दै गएको छ ।
रुसले प्रतिदिन ९ दशमलव ५ विलियन ब्यारेल तेल उत्पादन कायम गर्न सफल भएको छ । रुस तेल व्यापारकै कारण पश्चिमा प्रतिबन्धहरूबाट जोगिएको छ । विज्ञहरूका अनुसार चिनियाँ युआनजस्ता अमेरिकी डलरबाहेकका अन्य मुद्राहरूमा भुक्तानी प्राप्त गर्ने रुसी क्षमताले उसको आर्थिक स्थिरतामा योगदान पुर्याएको छ ।
यतिसम्म कि अमेरिकाले आफ्नै प्रतिबन्धलाई बेवास्ता गर्दै रुसबाट तेल खरिद गरेका प्रमाणहरू बाहिरिएका छन् । सस्तोमा तेल पाउँदा अमेरिका मख्ख छ । रुसी सञ्चारमाध्यम स्पुतनिक ग्लोबले दिएको जानकारीअनुसार अमेरिकाले गत अक्टुबरमा ३६ हजार ८ सय ब्यारेल र नोभेम्बरमा ९ हजार ९ सय ब्यारेल तेल रुसबाट खरिद गरेको छ । यसको लागत क्रमशः २७ लाख अमेरिकी डलर र ७ लाख ४९ हजार ५ सय डलर भएको बताइएको छ । बीबीसी
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments