- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको टिप्पणी गरेका छन् । सीट भागबन्डाको क्रममा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमतिमा एमालेले ६ सीट मागेको चर्चा भएको थियो ।
तर, पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले त्यस कुराको खण्डन गरे ।
उनले भने, ‘सरकारले आफैं सबै पार्टी मिलेर जाऔं भनेर प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्ताव पछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर एउटा निष्कर्ष सुनाउनुभो लोकतन्त्रलाई सुदृढ बनाउन हामीले आधारभूत रूपमा मिलेर जानुपर्छ, त्यसो भएर एकलौटी नगरेर मिलेर जाऔं भन्नुभयो । त्यसैले त्यो प्रस्ताव अस्वीकार गर्ने हाम्रो कारण थिएन । हामीले अस्वीकार गरेनौं तर हामीले बुझेका थियौं आशंका थियो यो प्रस्ताव वास्तविक होइन भन्ने । र, अन्तिममा शान्ति प्रक्रियाको काम भोलि नै टुंग्याऔं भन्नुभयो ।’
उनले प्रचण्ड र देउवाले ललीपप देखाएर सिद्धान्त र नीति छाडेर मिल्छौं भन्ने खेल खेल्न खोजेको टिप्पणी गरे ।

Comments