# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो । उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए ।
त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन् । उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिचि सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो ।
Featured News

Comments