- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कृषि विकास बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै बैंकले कर्मचारी माग गरेको हो ।
बैंकले आठौँ तहको शाखा प्रमुखमा २ जनाको माग गरेको छ । त्यस्तै ७औँ तहको वरिष्ठ लेखा अधिकृतमा २ जना कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । त्यस्तै छैठौँ तहका व्यवसाय अधिकृतमा ३२, कम्प्युटर अधिकृतमा २, इन्जिनियर आइटीमा १, कर्जा अधिकृतमा ६ जना कर्मचारी माग गरेको छ । त्यस्तै पाँचौँ तहका व्यवसाय सहायकमा १६, कानुन सहायकमा १, कर्जा सहायकमा ३ र ओभरसियरमा १ जना कर्मचारी मागेको छ । त्यस्तै चौथो तहको लेखापालमा ४६ जना कर्मचारी माग गर्दै बैंकले आवेदन आह्वान गरेको हो ।
बैंकले फागुन ११ देखि चैत १ सम्म दरखास्त फारम भरिसक्नुपर्ने उल्लेख गरेको छ । यसका साथै दोब्बर दस्तुर तिरेर चैत २ देखि ८ सम्म पनि फारम भर्न सकिने बैंकले जानकारी दिएको छ ।

Comments