- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ ।
यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् । एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ का बिरामी पनि देखिएका छन् । यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ ।
यद्यपि चीनले नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएका छैन । द स्टारको रिपोर्टअनुसार सीडीसीले पहिलेदेखि नै अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरीजस्ता रोगसँग जुधिरहेका बिरामीलाई संक्रमणको खतरा बढी हुने जनाएको छ ।
खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुन्छ । भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्छ । रोयटर्सका अनुसार चीनले यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ ।

Comments