Loading...
Logo
Image

चीनमा कोरोनाजस्तै खतरनाक भाइरस देखियो

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । 

यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् । 

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् । एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ का बिरामी पनि देखिएका छन् । यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ । 

यद्यपि चीनले नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएका छैन । द स्टारको रिपोर्टअनुसार सीडीसीले पहिलेदेखि नै अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरीजस्ता रोगसँग जुधिरहेका बिरामीलाई संक्रमणको खतरा बढी हुने जनाएको छ । 
खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुन्छ । भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्छ । रोयटर्सका अनुसार चीनले यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ । 

Comments