Loading...
Logo
Image

कुलमानलाई हटाउने प्रक्रिया अगाडि बढ्यो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु भएको छ ।

सोमबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा बुँदामा आरोपहरू लगाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तपाईँको नियुक्ति किन अन्त्य नगर्ने भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको छ । 

नियुक्तिको तीन वर्षमा कार्यसम्पादन मूल्याकंनमा ५० प्रतिशत अंक नल्याएमा नियुक्त अन्त्य गर्न सकिने प्रावधान रहेको भन्दै मन्त्रालयले अहिले घिसिङले पेस गरेको कागजातका आधारमा कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने भएकाले किन नियुक्त रद्द नगर्ने भनी स्पष्टीकरण सोधिएको छ । 

मन्त्रालयले सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेको, मन्त्रालयले मागेका कागजात नदिएको र मन्त्रालयलाई असहयोग गरेको जस्ता विषय कुलमानमाथि लगाएको छ । 

Comments