Loading...
Logo
Image

भूकम्पमा परी तिब्बतमा अहिलेसम्म ९५ जनाको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा परी १ सय ३० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

तिब्बतको सिगात्से शहरमा स्थानीय समय अनुसार बिहान ९:०० बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी नेपाल र भारतका केही भागमा पनि महसुस गरिएको थियो ।

भूकम्प जाँदाका बखत केन्द्रविन्दु आसपासको तापक्रम माइनस ८ डिग्री सेल्सियस रहेको थियो ।

Comments