# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गरेको छ ।
कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । उनलाई कम्पनीको ११औँ वार्षिक साधारणसभापश्चात् बसेको कम्पनी सञ्चालक समितिको ११०औँ बैठकले सो पदमा सर्वसम्मतिले चयन गरेको हो ।
त्यस्तै, नयाँ सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

Comments