Loading...
Logo
Image

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षणको आयोजना

युएसएड सँगको साझेदारीमा 'देशैभरि वर्षैभरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगरका उद्यमीहरूलाई प्रशिक्षण गरेको छ ।

वित्तिय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले विराटनगरमा उद्यमी प्रशिक्षणको आयोजना गरेको हो ।

बैंकले अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Comments