Loading...
Logo
Image

सहकारी ठगीमा मुछिएकी अञ्जला कोइराला अदालतमा उपस्थित

 संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी छन् ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला यसअघि फरार रहेको अवस्थामा अदालत समक्ष उपस्थित भएकी हुन् ।

गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । विराटनगरको विराट रात्रि माविकी शिक्षिका रहेकी कोइराला मुद्दा दायरपछि फरार थिइन् ।

Comments