Loading...
Logo
Image

रवि लामिछानेको बिलौना- श्रीमान् म पनि पीडित हुँ, बाहिरै बसेर मुद्दा लड्न पाऊँ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छोड्न न्यायाधीशलाई आग्रह गरेका छन् । 

बिहीबार जिल्ला अदालत कास्कीको इजलासमा सभापति लामिछानेले सहकारी प्रकरणमा आफू पनि पीडित भएको र बाहिरै बसेर मुद्दा लड्न पाउने गरी छोड्न आग्रह गरेका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकार वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश नितिज राईले प्रतिवादीहरूलाई के भन्नु छ भनेर सोधेका थिए । त्यसपछि प्रतिवादीका तर्फबाट लामिछाने बोलेका हुन् । 

लामिछानेले आफूलाई तारेखमा छोड्न र बाहिर बसेर मुद्दा लड्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । 'म पनि सहकारी प्रकरणको पीडित हुँ । बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,' उनले भने । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो दल रास्वपाले सहकारी पीडितका पक्षमा अन्य दलहरूभन्दा धेरै काम गरिरहेको पनि बताए । 

Comments