Loading...
Logo
Image

लस एन्जलसमा लागेको डँढेलकोका कारण ठूलो क्षति

अमेरिकाको लस एन्जलसमा लागेको डँढेलकोका कारण ठूलो क्षति भएको छ । 

आगलागी नियन्त्रणमा लिनका लागि विमानबाट आकासबाट पानी हालिएको छ । पालिसेड्स क्षेत्रमा फैलिएको आगो ब्रेन्टवुडतर्फ अघि बढेको छ । 

उक्त आगलागीमा परी अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । आगलागीकै बीच हावा चल्ने चेतावनी पनि दिइएको छ । अमेरिकाको नेशनल वेदर सर्भिसले जुन हावाको कारण तीव्र गतिमा आगो फैलिएको थियो उक्त हावा पुनः तीव्र गतिमा चल्ने चेतावनी दिएको छ ।

Comments