Loading...
Logo
Image

रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगायो

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आज बहस नसिकएपछि रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडाैंले प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ । 

 

आइतबार जिल्ला अदालत काठमाडौंमा लामिछानेको बयान भएको थियो । लामिछानेलगायत ३९ जनाविरुद्ध सो सहकारीको रकम अपचलन मुद्दा जिल्ला अदालतमा दायर भएको छ । लामिछानेलाई कास्की जिल्ला अदालतले शुक्रबार ६५ लाख धरौटीमा रिहा गरेपछि उनी आइतबार काठमाडौंं अदालतमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानसमेत भएको थियो। बयान सकिएपछि आइतबारै थुनछेक बहससमेत सुरु भएको छ ।

Comments