# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आज बहस नसिकएपछि रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडाैंले प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंमा लामिछानेको बयान भएको थियो । लामिछानेलगायत ३९ जनाविरुद्ध सो सहकारीको रकम अपचलन मुद्दा जिल्ला अदालतमा दायर भएको छ । लामिछानेलाई कास्की जिल्ला अदालतले शुक्रबार ६५ लाख धरौटीमा रिहा गरेपछि उनी आइतबार काठमाडौंं अदालतमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानसमेत भएको थियो। बयान सकिएपछि आइतबारै थुनछेक बहससमेत सुरु भएको छ ।
Featured News

Comments