- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
एनसेलले आफ्ना सधैँ अन प्याक लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डाटा प्याक दिन थालेको छ । यससँगै अब बिनाकुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।
बिहीबारदेखि सुरु भएको यो योजनाअन्तर्गत सधैँ अन ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डाटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
सधैँ अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागू गरेको हो । ३९९, ४९९ र ५९९ रुपैयाँका बेस्ट प्याक र ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्ने बताइएको छ । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड युट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।
२८ दिन अवधि रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डाटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी सधैँ अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डाटा र अनलिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

Comments