Loading...
Logo
Image

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाको प्रहरीले बुधबार गिरफ्तार गरेको हो । प्रहरीले उनलाई सयलस्थित निवासबाटै पक्राउ गरेको हो ।

योलले ३ डिसेम्बरमा सैनिक कानुन लगाउने घोषणा गरेका थिए । तर, त्यसको चौतर्फ विरोध भएपछि केही घण्टामै उनी आफ्नो कदम फिर्ता लिन बाध्य भएका थिए । दक्षिण कोरियाको जाँच एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान ७:२३ मा पक्राउ पुर्जी कार्यान्वयन गरेको जनाएको छ ।

योल पक्राउ पुर्जी जारी हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुन् । मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो । महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए ।

Comments