Loading...
Logo
Image

रुसमाथि हालसम्मकै भीषण आक्रमण गरेको युक्रेनको दावी

युक्रेनले रुसमाथि युद्ध सुरु भएयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ ।

रुसमाथि युद्ध सुरु भएयताकै ठूलो आक्रमण गरेको दावी गरेको उल्लेख गर्दै  बीबीसीले लेखेको छ- रातभरको आक्रमणका कारण रुसको युद्ध लड्ने क्षमतामाथि पीडादायी प्रहार भएको छ । र, यसले रुसलाई झट्का लागेको छ ।

युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन् ।

यो आक्रमणबारे रुसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । समाचारमा जनाइएअनुसार युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल तथा स्टार्म सेडो क्रुट मिसाइल खसालेको रुसको दावी छ । साथै यो आक्रमणको जवाफ दिने पनि रुसले जनाएको छ ।

Comments