- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
युक्रेनले रुसमाथि युद्ध सुरु भएयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ ।
रुसमाथि युद्ध सुरु भएयताकै ठूलो आक्रमण गरेको दावी गरेको उल्लेख गर्दै बीबीसीले लेखेको छ- रातभरको आक्रमणका कारण रुसको युद्ध लड्ने क्षमतामाथि पीडादायी प्रहार भएको छ । र, यसले रुसलाई झट्का लागेको छ ।
युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन् ।
यो आक्रमणबारे रुसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । समाचारमा जनाइएअनुसार युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल तथा स्टार्म सेडो क्रुट मिसाइल खसालेको रुसको दावी छ । साथै यो आक्रमणको जवाफ दिने पनि रुसले जनाएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments