Loading...
Logo
Image

प्राकृतिक विपद्‌बाट जोगिन प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्‌बाट जोगिन सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन् ।

सत्ताईसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८१ का सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बुधबार कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनर्निर्माण भएका एकीकृत बस्तीहरूमा तुलनात्मक रूपमा सुरक्षाको स्थिति रहेको बताए ।

उनले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातवरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भूकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्ने नसकिने भएकाले भूकम्पप्रतिरोधी घर र संरचना बनाउन सकिए क्षति कम हुने उल्लेख गर्दै माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको सङ्घर्षमा होमिएका शहीदहरूको स्मरणको महिनाका रूपमा पनि लिइएको बताए । 

Comments