Loading...
Logo
Image

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

 जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

काठमाडाैंस्थित स्वर्णलक्ष्मी सहकारीकाे रकम अपचलन मुद्दामा उनीलाई धराैटीमा रिहा गर्न आदेश भएको हो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धराैटीमा रिहा गर्न आदेश दिएको थियो ।

Comments