- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
संसदका विपक्षी दलको संयुक्त बैठक बस्दै छ। शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने साथै बैठकपछि विपक्षी दलहरूले ओली सरकार र अध्यादेशबारे साझा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
सरकारले संसदको अधिवेशन बोलाउन ढिलाइ गरेको र अध्यादेशबाट एकैपटक २९ वटा कानुन संशोधन गरेको विषयमा विपक्षी दलहरूले साझा धारणा बनाउन लागेका हुन् । संसदको अधिवेशन बोलाउनका लागि सरकारमाथि दबाब बढाउन संसद भवनमै विपक्षी दलहरूको बैठक बस्न लागेको हो । सरकारले अध्यादेशमार्फत केही विवादास्पद कानुनहरू संशोधन गरेपछि विपक्षी दलहरू सरकारप्रति कडा नीति लिने देखिएको छ ।
यसअघि पनि विपक्षी दलहरूको बैठक बसेर संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । संसदमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, प्रभु साहको नेतृत्वमा रहेको दललगायतको बैठक बस्न लागेको हो । विपक्षी दलको बैठकमा यसअघि पनि सहभागी नभएको सीके राउत नेतृत्वको जनमत शुक्रबारको बैठकमा पनि सहभागी नहुने सम्भावना रहेको छ ।

Comments