- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवको अवसरमा २०८१ माघ १ गतेबाट सुरु भई माघ ५ गते सम्म भएकाे फुटसल प्रतियाेगिता सम्पन्न भएकाे छ ।
कृषि विकास बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न काेर्पाेरेट हाउसहरुका बिचमा आत्मीयता र सम्बन्ध विस्तार प्रयोजनार्थ आयोजना गरेको एडीबीएल कर्पोरेट फुटसल प्रतियोगिता १ माघदेखि ५ माघसम्म चलेको थियो । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसहरूको सहभागिता थियो ।
फुटसलमा महिलातर्फ कुल १० टिमको सहभागिता थियो । फाइनलमा महिलातर्फ आयोजक कृषि विकास बैंकले ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै उपाधि जितेको छ । त्यस्तै पुरुषतर्फ भने ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै एनआईएमबी बैंकले उपाधि जितेको छ ।
बैंकले ५८औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । उक्त प्रभातफेरीमा बैंकका कर्मचारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments