Loading...
Logo
Image

मुलुकमाथि आएका हरेक संकटको समाधान गर्ने ट्रम्पको प्रतिबद्धता

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिनुभन्दा केही घण्टापहिले वासिङ्टन डीसीमा एक र्‍यालीलाई सम्बोधन गरेका छन् । 

वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले मुलुकमाथि आएका हरेक संकटको समाधान गर्ने प्रतिबद्धता जनाए । बीबीसीका अनुसार ट्रम्पले भने, 'म ऐतिहासिक गति तथा शक्तिका साथ काम गर्नेछु । हाम्रो देशमाथि आउने हरेक संकटको समाधान गर्नेछ ।'

उनले बाइडेनले लिएका केही निर्णयहरूमा पुनर्विचार गर्ने पनि बताए । 'मैले पदको शपथ लिएको केही घण्टाभित्रै बाइडेन प्रशासनका हरेक मुर्खतापूर्ण आदेशलाई निष्कृय गर्नेछु,' उनले भने ।

Comments