Loading...
Logo
Image

दक्षिण कोरियाका राष्ट्रपतिलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ । सियोल अदालतले योललाई अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

 योल गत बुधबार पक्राउ परेका थिए । गत डिसेम्बरमा योलले देशमा मार्शल ल लगाउने घोषणा गरेका थिए र विवाद उत्पन्न भएपछि उनले त्यसलाई केही घण्टामै फिर्ता लिएका थिए ।

त्यसपछि उनीविरुद्ध महाभियोग लगाइएको थियो । उनीविरुद्ध देशद्रोहको आरोपमा अनुसन्धान भइरहेको छ ।

अदालतले महाभियोगमार्फत योललाई पदबाट हटाउने वैधानिकताको बारेमा कुनै फैसला जारी नगरेको हुँदा उनी अहिले पनि दक्षिण कोरियाको राष्ट्रपति पदमा कायमै छन् ।

Comments