Loading...
Logo
Image

संसद अधिवेशन बोलाउने सरकारको तयारी

सरकारले यही माघ १८ देखि संसद अधिवेशन बोलाउन तयारी गरेको छ । संसद अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद अधिवेशनको मितिबारे चर्चा भएको जनाइएको छ । 

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

 

Comments