Loading...
Logo
Image

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन मन्त्रिपरिषद्काे सिफारिस

सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ माघमा संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। सरकारले अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरिरहेको बेला सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो ।  

Comments