Loading...
Logo
Image

ट्रम्पले राष्ट्रपतिका रूपमा शपथ लिएसँगै अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग

अमेरिकाको राष्ट्रपतिका रूपमा शपथ लिएसँगै डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने आदेश जारी गरेका छन् ।

यो आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका डब्लूएचओबाट अलग भएको छ । योसँगै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग पनि रोकिनेछ ।

आदेश जारी गर्दै ट्रम्पले भनेका छन्, ‘यो एउटा ठूलो निर्णय हो ।’ ट्रम्पले अन्य देशको तुलनामा डब्लूएचओका लागि अमेरिकाले अनुचित मूल्य चुकाउनु परेको टिप्पणी गरेका छन् ।

मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए ।

अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् ।

Comments