Loading...
Logo
Image

लस एन्जलसमा फेरि लाग्यो डँढेलो, हजारौँलाई सुरक्षित स्थानमा लगियो

लस एन्जलसको जङ्गलमा फेरि डँढेलो लागेको छ । जसका कारण त्यहाँबाट हजारौँलाई सुरक्षित स्थानमा लगिएको छ । शहरबाट ४५ माइल टाढा रहेको स्थानमा आगो लागेको हो ।

यो आगो कास्टिक तालनजिकैको पहाडी क्षेत्रमा लागेको बीबीसीले उल्लेख गरेको छ । उक्त स्थाननजिकै धेरै आवासीय क्षेत्रहरूरहेको समाचारमा उल्लेख छ । तीव्र हावा र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको छ ।

समाचारमा जनाइएअनुसार यो पछिल्लो डँढेलोले हासम्म कसकैको घरमा क्षति पुर्‍याएको भने छैन । तर, करबि १९ हजार जना भने उक्त स्थान छाड्न बाध्य भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा अग्नि नियन्त्रकहरू अझै पनि डँढेलो नियन्त्रण गर्ने प्रयासमा छन् ।

यसअघि यो क्षेत्रमा लागेको डँढेलोका कारण आवासीय क्षेत्रका कयौँ आलिसान घरहरू ध्वस्त भएका थिए । आगलागीका कारण हालसम्म कम्तिमा २५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

Comments