Loading...
Logo
Image

रूपन्देहीमा रवि लामिछानेको थुनछेक बहस आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । बुधबार लमिछानेको बयान भए पनि थुनछेक बहस भने आज मात्र हुन लागेको हो ।

बुधबार अदालतले लामिछानेलाई बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ । आज बिहान १० बजे अदालतमा उपस्थित हुने गरी उनलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो । सुप्रिम सहकारी ठगीमा मुछिएका रवि बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।

लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सुनुवाइ भइरहेको छ । आज सुरुमा सरकारही वकिलहरूले बहस गर्नेछन् । त्यसपछि जाहेरवाला सहकारीपीडितको पक्षका वकिलहरूले बहस गर्नेछन् । अनि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन् ।

Comments