# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । बुधबार लमिछानेको बयान भए पनि थुनछेक बहस भने आज मात्र हुन लागेको हो ।
बुधबार अदालतले लामिछानेलाई बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ । आज बिहान १० बजे अदालतमा उपस्थित हुने गरी उनलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो । सुप्रिम सहकारी ठगीमा मुछिएका रवि बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सुनुवाइ भइरहेको छ । आज सुरुमा सरकारही वकिलहरूले बहस गर्नेछन् । त्यसपछि जाहेरवाला सहकारीपीडितको पक्षका वकिलहरूले बहस गर्नेछन् । अनि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन् ।
Featured News

Comments