- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले ‘एक्सचेन्ज फेस्ट’ बिहीबारदेखि काठमाडौंको भाटभटेनीनजिक रहेको आम्रपाली ब्याङ्केटमा शुरु भएको छ । मेलामा पुराना गाडी ल्याएर बीवाईडीका नयाँ गाडीसँग सट्टापट्टा गर्न पाइने कम्पनीले बताएको छ ।
मेला काठमाडौं उपत्यकाका चार शाेरूमलगायत बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा पनि सुरु भएकाे छ ।
साइमेक्सले उपभोक्तालाई एक्सचेन्ज बोनस, लोयल्टी बोनस, फ्रि एशोसरिज र फ्रि चार्जर जडान सुविधा दिने जनाएको छ । कुनै पनि ब्राण्डको पुराना गाडी ल्याएर साट्दा अतिरिक्त मूल्याङ्कन ग्राहकले पाउनेछन् । साथै, ब्राण्डप्रति लोयल ग्राहकलाई लोयल्टी बोनस दिनेछ ।
कम्पनीका अनुसार आइतबारसम्म चल्ने एक्सचेन्ज फेस्टमा कम्पनीका चर्चित मोडल एटो-थ्री, डल्फिन र नयाँ मोडल एम- ६ उपलब्ध हुनेछन् ।

Comments