Loading...
Logo
Image

रुपन्देहीमा रविका कानुन व्यवसायीको बहस आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस चलिरहेको छ ।

यो मुद्दामा बिहीबार सरकारी वकिलले बहस गरे । उनीहरूको बहस सकिए पनि लामिछानेका कानुन व्यवसायीले बहस गर्ने पालो पाएनन् । जसका कारण रविका कानुन व्यवसायीले आज बहस गर्ने भएका छन् । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका छन् ।

बिहीबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति लामिछाने नै भएको दलिल पेस गरे । सात जना सरकारी वकिलहरूले बहस गरेका थिए ।

लामिछानेका कानुन व्यवसयीले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । यी बहस सकिए आजै थुनछेकको आदेश आउन सक्नेछ ।

Comments