Loading...
Logo
Image

जन्मको आधारमा दिइने नागरिताबारेको ट्रम्पको आदेशमा अदालतले रोक लगायो

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै गैरअमेरिकी मातापिताबाट अमेरिकामा जन्मिएका बालबालिकाले स्वतः पाउने अमेरिकी नागरिकताको प्रवधान खारेज गरेका थिए । तर, ट्रम्पको यो कार्यकारी आदेशलाई अदालतले रोक लगाइदिएको छ ।

अमेरिकाको सिएटलस्थित एक संघीय अदालतका न्यायाधीशले ट्रम्पको उक्त आदेशमा अस्थायी रोक लगाएका हुन् । अमेरिकाका चार राज्यले ट्रम्पको उक्त कार्यकारी आदेशविरुद्ध अदालतमा चुनौती दिएका थिए । त्यसैको सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।

Comments