# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाल्पास्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा कुमारी बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कुमारी बैंकले लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलसँग आफ्ना ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट दिने गरी सम्झौता गरको जनाएको छ ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया र एक्स–रे÷यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशत छुट प्रदान गरिनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका हाल ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू रहेका छन् ।

Comments