Loading...
Logo
Image

इजरायलले भन्यो- हमासले युद्धविराम सम्झौताको उल्लंघन गर्‍यो

हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप इजरायलले लगाइको छ । जसका कारण गाजा पट्टीको उत्तरमा प्यालिस्टिनीहरूको फिर्ती रोकिएको छ ।

बीबीसीका अनुसार इजरायलले हमासमाथि यस्तो आरोप लगाएसँगै विस्थापित भएका हजारौँ प्यालिस्टिनीहरू गाजा पट्टीको उत्तरमा रहेको आफ्नो घर जानबाट रोकिएका छन् । इजरायलले मुख्य सडकमा अवरोध गरेको छ ।

हमासले इजरायलका चार महिला सैनिक छाडेपछि इजरायलले २०० प्यालिस्टिनी कैदी रिहा गरेको थियो । त्यसलगत्तै यो विवाद सुरु भएको हो ।

आफ्ना नगरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका विस्थापितहरूलाई उत्तरमा जाने अनुमति नदिइने इजरायलले जनाएको छ । हमासले भने उनी जिउँदै रहेको र आगामी साता उनलाई रिहा गरिने जनाएको छ ।

Comments