Loading...
Logo
Image

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरूको बैठक

सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले  बैठक बोलाएका हुन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेम समीक्षा हुनेछ । त्यस्तै सरकार सञ्चालन, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Comments