Loading...
Logo
Image

रवि लामिछाने उच्च अदालतमा, कास्की अदालतको आदेशविरुद्ध धरौटी बदरको माग गर्दै दिए निवेदन

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति उच्च अदालत पुगेका छन्।

कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो।

सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्। 

पोखरा उच्च अदालतका सूचना अधिकारी उप-रजिस्ट्रार निलप्रसाद पनेरूले निवेदन दर्ता भएको जानकारी दिए। लामिछानेले निवेदनमा साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । यसका अलावा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र रूपन्देहीमा १ करोड माग गरेका थिए । लामिछानेले उक्त धरौटी बुझाएर रिहा भएका छन् ।

 

Comments